शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई तलब खुवाउन कोरोना प्रभावित उद्योगले बैंकबाट लिए ४२ करोड ऋण

८९ हजार ८ सय ७९ ऋणीले लगे सहुलियतपूर्ण कर्जा
बुधबार, ०५ जेठ २०७८, ११ : ०८
बुधबार, ०५ जेठ २०७८

साना तथा मझौला उद्योगीव्यवसायीले आफ्ना कर्मचारीलाई तलब खुवाउन कोरोनाकालमा बैंकबाट ४२ करोड रुपैयाँ ऋण लिएका छन् । व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि२०७७ बमोजिम कोभिड१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि ७ वाणिज्य बैंकबाट ३३ ऋणीले  ४२ करोड  रुपैयाँ कर्जा लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारले राष्ट्र बैंकबाट सञ्चालन हुने गरी राष्ट्र बैंकको बैंकिङ कार्यालयमा ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोली ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेपछि बैंकहरुले सो शीर्षकमा ऋण प्रवाह गर्न थालेका हुन्  ।

 नेपाल सरकारले उपलब्ध गराएको रकम, सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा जम्मा हुने रकम, विदेशी संघ, संस्थासँग नेपाल सरकारले गरेको सम्झौता बमोजिम प्राप्त हुने रकम सो खातामा जम्मा गरिएको छ ।

यस्तै खातामा अर्थ मन्त्रालयले पटक पटक गरी आवश्यकताका आधारमा रकम जम्मा गर्ने, खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैङ्कले नेपाल सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्ने व्यवस्था छ ।

कर्जाको ब्याजदर पहिलो वर्षको लागि ५ प्रतिशत र दोस्रो वर्षको लागि छ प्रतिशत कायम गरिएको छ । यस्तै कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो वर्ष दुई प्रतिशत र दोस्रो वर्ष तीन प्रतिशत ब्याजदरमा खाताबाट रकम उपलब्ध गराइनेछ ।

कोभिड १९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई सहुलियत कर्जा प्रदान गरिएको हो ।  

यसैगरी अति प्रभावित क्षेत्र, मध्यम प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र गरी कर्जालाई तीन किसिमले वर्गीकरण र सीमा निर्धारण गरिएको छ । जसमा अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम १० करोड रुपैयाँसम्म रहेको छ ।

कोभिड१९ ले अर्थतन्त्रमा पारेको असरसम्बन्धी राष्ट्र बैंकले २०७८ वैशाख महिनाको ५ देखि १४ गतेसम्म गरेको सर्वेक्षण अनुसार २०७७ असारको तुलनामा आर्थिक गतिविधिमा उल्लेख्य सुधार आएको देखिएको छ । २०७७ असारमा गरिएको सर्वेक्षणले ४.१ प्रतिशत उद्योग÷व्यवसाय मात्र पूर्ण सञ्चालनमा रहेको देखाएकोमा २०७७ मंसिर तथा २०७८ वैशाखमा गरिएको पुनरावृत्ति सर्वेक्षणले क्रमशः ५४ प्रतिशत तथा ८१.२ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको छ । यद्यपि कोभिडको दोस्रो लहरको संक्रमणसँगै व्यापार÷व्यवसायहरु पmेरी प्रभावित भएको राष्ट्र बैंकले भनेको छ ।

केन्द्रिय बैंकको बैशाख १४ गतेसम्मको अध्ययनले ४.२ प्रतिशत उद्योग सञ्चालन हुन नसकेको, १४.६ प्रतिशत उद्योग आंशिक सञ्चालन भएको  देखाएको छ ।

यस्तै उद्यमशीलता विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा चैत मसान्तसम्ममा ८९ हजार ८ सय ७९ ऋणीले १ खर्ब ४२ अर्ब २ करोड रुपैयाँ लगेका छन् । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४२ हजार ४ सय ४७ ऋणीलाई  ९६ अर्ब ६० करोड प्रवाह भएको छ भने महिला उद्यमशील कर्जा ४५ हजार १ सय २८ महिला उद्यमीलाई  ४२ अर्ब १६ करोड रुपैयाँ कर्जा  प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ४ ऋणीले .३ अर्ब २६ करोड रुपैयाँ लगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप