भारतमा कोरोना संक्रमित दैनिक घट्दै : २४ घण्टामा २.६७ लाख भेटिए, ३.८९ निको भए

भारतमा कोरोना संक्रमितको संख्यामा लगातार कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका थिए । यस्तै ३ लाख ८९ हजार ५६६ जना निको पनि भए । यसरी भारतमा उपचार गराइरहेका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजार १०९ को कमी आएको छ ।
संक्रमितको संख्यामा कमी आएता पनि मृत्यु दर लगातार बढ्दो छ । अघिल्लो दिन यहाँ ४,५२५ जनाको महामारीका कारण ज्यान गएको छ । यो एक दिनमा मृत्यु भएको सबैभन्दा ठूलो आँकडा हो । यसअघि सोमबार यहाँ ४,३३४ को मृत्यु भएको थियो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः २.६७ लाख
पछिल्लो २४ घण्टामा निको भएकाः ३.८९ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,५२५
हालसम्म कूल संक्रमित भइसकेकाः २.५४ करोड
हालसम्म निको भएकाः २.१९ करोड
हालसम्मको कूल मृत्युः २.८३ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३२.२१ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम