बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘बार्सिलोनामा एउटा चक्र पूरा भयो, अब ठूलो परिवर्तन हुन्छ’

बुधबार, ०५ जेठ २०७८, १० : ०७
बुधबार, ०५ जेठ २०७८

यस सिजनको अन्त्यसँगै बार्सिलोनामा ठूलो परिवर्तन ल्याउने वाचा क्लबका अध्यक्ष जोआन लापोर्टाले गरेका छन् । बार्सिलोना यस सिजन ला–लिगा उपाधिको दौडबाट बाहिरिइसकेको छ । त्यसकारण प्रमुख प्रशिक्षक रोनाल्डो कोम्यानमाथि दबाब पनि बढिरहेको छ । यस सिजन लिगमा बार्सिलोनाले अन्तिम खेल खेल्न बाँकी छ र सम्भवत  शनिबार हुने इबरविरुद्धको त्यस खेलपछि प्रशिक्षक कोम्यान टिमसँग अलग हुन पनि सक्छन् ।

‘नतिजा र प्रदर्शनलाई आधार मानेर सिजनको अन्त्यमा मुल्याङ्कन गर्नेछु भनेर मैले पहिल्यै भनिसकेको छु,’ लापोर्टाले कोम्यानबारे भने,‘ हामीले कोपा डेल रे जित्यौं र त्यसमा गर्व गर्छौं । तर हामी च्याम्पियन्स लिगमा सुरुमै आउट भयौं र तर्कसंगत कारण बिनै ला–लिगा गुमायौं ।’

च्याम्पियन्स लिग र घरेलु प्रतियोगिताका लागि प्रतिस्पर्धात्मक टोली तयार गर्न बार्सिलोनाले कठिन गृहकार्य गर्नुपर्ने समय आएको लापोर्टाले बताए । ‘मेरो दृष्टीबाट हेर्दा, अर्को साताबाट तपाईहरुले धेरै निर्णयहरु भएको देख्नुहुन्छ ।’


लापोर्टाले बार्सिलोनामा एउटा चक्र समाप्त भएको र त्यो समाप्त हुन आवश्यक पनि रहेको बताएका छन् । लापोर्टाले यस सिजनको अन्तिम खेल सकिएपछि कोम्यानसँग फेरि भेट्नेछन् । त्यसपछि उनले आफुले क्लबमा २०२१/२२ को सिजनका लागि गर्न चाहेका निर्णयहरूबारे प्रशिक्षकलाई सुनाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप