बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा फेरि भूकम्प, काठमाडौंसम्म धक्का

बुधबार, ०५ जेठ २०७८, ०८ : ४३
बुधबार, ०५ जेठ २०७८

लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको रातोपाटीलाई जानकारी दिए । 
भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप