केन्द्रीय संस्करण

इन्टरनेटमा छायो माहिराको टम ब्वाई लुक्स

person explore access_timeजेठ ५, २०७८ chat_bubble_outline0

मुम्बई । अभिनेत्री तथा ‘बिग बास १३’ फेम माहिरा शर्मा स्टाइलिश ड्रेसिङ सेन्सको कारणले बढी चर्चामा रहने गर्दछिन् । वेस्टर्न होस् वा इन्डियन दुबै लुक्समा उनी बिन्दाश देखिन्छिन् ।

अहिले पनि माहिराका केही तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी ब्ल्याक लुकमा देखिएकी छन् । तस्बिरमा उनले टाउकोमा रुमाल समेत बाधेकी छन् । त्यसको अलवा उनले फरक अन्दाजमा गलमा लगाएको सुनको सिक्री मुखको नजिक राखेर तस्बिर पोज दिएकी छन् । तस्बिरमा उनी टम ब्वाई देखिएकी छन् । फ्यानले उनको यो लुक्सलाई प्रेमको बर्षा गरेका छन् ।

कामको कुरा गर्ने हो भने माहिरा कयौ पंजाबी गीतमा देखिएकी छन् । थुप्रै टिभी सिरियमा पनि काम गरेकी माहिरा बिग बासबाट भने धेरै चर्चित भएकी थिइन् । बिग बासबाट निस्किएपछि उनले ‘बारिश’, ‘रिंग’, ‘रंग लग्या’ जस्ता गीतका समेत काम गरेकी छन् । पछिल्लो समय माहिरा निकै प्रोजेटमा समेत ब्यस्त रहेको बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.