जनमैत्री अस्पताललाई कोरियाबाट अढाई लाख सहयोग
![जनमैत्री अस्पताललाई कोरियाबाट अढाई लाख सहयोग](https://rpcdn.ratopati.com/media/albums/%E0%A4%9C%E0%A4%A8%E0%A4%AE%E0%A4%A4%E0%A4%B0_%E0%A4%85%E0%A4%B8%E0%A4%AA%E0%A4%A4%E0%A4%B2_g9RsLZQ15L.jpg)
कोरोनाको उपचारका लागि सञ्चालनमा ल्याइएको बालाजुस्थित जनमैत्री कोभिड अस्पताललाई कोरियामा रहेका नेपालीहरुले २ लाख ४७ हजार ६४४ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
आर्थिक अवस्था कमजोर भई कोरोनाको उपचार गर्न असमर्थ एवं विपन्न जनताको निःशुल्क उपचारका लागि ग्यालेक्सी फोरके टीभी र रबि लामिछाने फाउन्डेसनको यो अस्पताललाई सहयोग गर्दै आएको छ ।
अस्पतालमा हाल ४२ जना उपचाररत छन् । जसमध्ये ६ जना आईसीयु र अन्यले ईमर्जेन्सी सेवाको लाभ लिइरहेका छन् ।
स्वतन्त्र अभियन्ताहरुको पहलमा कोरियामा एकहप्ते स्वेच्छिक राहत संकलन कार्यक्रम गरिएको थियो । संकलित रकम हाल नेपालमा रहेका एक सामाजिक अभियन्ताको खातामा पठाइएको र अझै सहयोग आउने क्रम जारी रहेकाले केही दिनमै संकलित रकम अस्पताललाई हस्तान्तरण गरिने नेपालस्थित सामाजिक अभियन्ता यम श्रेष्ठले बताए ।
उपचार खर्च तिर्न नसक्ने कोभिडका बिरामीको सम्पूर्ण खर्चको जिम्मेवारी अस्पतालले लिने र अन्यका लागि सरकारले तोकेको भन्दा सस्तोमा उपचार गर्ने फाउन्डेशनले जनाएको छ ।
–बबिता ओलीबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’