शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

खोप खरिदमा आलटाल

बुधबार, ०५ जेठ २०७८, ०७ : ३३
बुधबार, ०५ जेठ २०७८

पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए ।


उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटो पर्याप्त खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ ।’ प्रधानमन्त्रीको यो भनाइले

खोप छिट्टै आइहाल्ने आशा जगाएको थियो । तर १५ दिनपछि बल्ल सरकारले खोप खरिद प्रक्रिया अघि बढाएको छ । औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि भारतको कोभिसिल्ड र कोभ्याक्सिन, रसियाको स्पुतनिक भी र चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई अनुमति दिइसकेको छ ।

तिनैमध्ये कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी खरिदका लागि स्वास्थ्य सेवा विभागले मंगलबार सम्बन्धित कम्पनीलाई प्रस्ताव पठाएको छ । विभागका आपूर्ति महाशाखाका प्रमुख डा। भीमसिंह तिंकरीले चीनको भेरोसेल खोप उत्पादन गर्ने कम्पनीमा भने खरिदको प्रस्ताव गर्न ठेगाना नै पत्ता लाग्न बाँकी रहेको बताए । ‘हामीले २० लाख डोज खोप खरिद गर्न लागेका छौं, कहिले उपलब्ध गराउने भनेर तीन कम्पनीलाई पत्र लेखेका छौं,’ उनले भने ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप