शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग संघ मकवानपुरले हेटौंडा अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने

मङ्गलबार, ०४ जेठ २०७८, २० : ४७
मङ्गलबार, ०४ जेठ २०७८

उद्योग संघ मकवानपुरको सहयोगमा हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको हुने भएको छ । 
मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र उद्योग संघ मकवानपुरबीच अस्पतालमा अक्सिजन प्लान्ट निमार्णको सम्झौता भएको हो । 

सामजिक विकास मन्त्रालयको उपस्थितिमा आगामी ३० दिन भित्र निर्माण सम्पन्न गर्ने गरी प्लान्ट स्थापनाका लागि सम्झौता गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । 
उनका अनुसार, कुल १ करोड २८ लाख लागतमा दैनिक १ सय १० वटा सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट स्थापना गर्न संघसँग सम्झौता भएको हो । 
सम्झौतामा प्रतिष्ठानका रजिष्ट्रार प्रसाई र उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरेका छन् । 

उक्त प्लान्ट स्थापनाका लागि केही दिनमा नै कन्ट्रयाक्टरसँग सम्झौता गरि प्लान्ट आयात गरिने र सम्झौता भएको २०÷३० दिनमा उक्त प्लान्ट संचालनमा आउने संघका अध्यक्ष पोखरेलले बताए । 
उक्त प्लान्ट संचालनमा आएपछि सामान्य अवस्थामा दैनिक २ सय वेड क्षमताका एचडियु, आइसियुका विरामीको उपचारका लागि प्रयाप्त मात्रामा अक्सिजन उत्पादन गर्न सकिने उनले बताए । 

हेटौंडा औद्योगीक क्षेत्रमा रहेका उद्योग प्रतिष्ठानहरुको आर्थिक सहयोगमा उक्त प्लान्ट स्थापना गर्ने संघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप