ताराको गीतमा अमित र क्रीन्चाको रोमान्स
मङ्गलबार, ०४ जेठ २०७८, १९ : ४१
काठमाडौँ । चर्चित गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा तारा लिम्बुको शब्द र सविन लिम्बुको संगीत तथा एरेन्ज रहेको छ ।
गीतको म्युजिक भिडियोमा अमित सुब्बा र क्रीन्चा राईको अभिनय देख्न सकिन्छ । भिडियोको छायाँंकन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा निर्देशक श्रेष्ठकै छायाँकन तथा सम्पादन छ ।
प्रेमीले आफ्नी मायालुसँग वैँशालु उमेरमा बिताएको पल देखाउन खोजिएको छ । भिडियोमा कोरियोग्राफी तथा मेकअप दीपिका श्रेष्ठको रहेको छ । जसमा रंग संयोजन नवीन निरौलाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने