निम्बसले फ्रन्टलाइनरलाई प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने
काठमाडौं । निम्बसले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।
कम्पनीले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको जनाएको हो । यस महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई निम्बसले प्रो टेकका मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने जनाएको छ ।
निम्बसले अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर यस कम्पनीले प्रो टेकका मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ । यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवामार्फत सम्बन्धित स्थानमा पु¥याउने जनाएको छ ।
निम्बसले शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अफ्ठेरोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरूद्वारा संचालित संगठन, हार्ट बिटलाई मास्क वितरण गरिसकेको छ ।
निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले विश्वले भोगिरहेको यो कठिन चुनौतीलाई हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुने भएकाले विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण