निम्बसले फ्रन्टलाइनरलाई प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने

काठमाडौं । निम्बसले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न प्रो टेकको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।
कम्पनीले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको जनाएको हो । यस महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई निम्बसले प्रो टेकका मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने जनाएको छ ।
निम्बसले अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर यस कम्पनीले प्रो टेकका मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ । यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवामार्फत सम्बन्धित स्थानमा पु¥याउने जनाएको छ ।
निम्बसले शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अफ्ठेरोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरूद्वारा संचालित संगठन, हार्ट बिटलाई मास्क वितरण गरिसकेको छ ।
निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले विश्वले भोगिरहेको यो कठिन चुनौतीलाई हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुने भएकाले विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म