मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा निषेधाज्ञा १५ दिन थप

मङ्गलबार, ०४ जेठ २०७८, १९ : १९
मङ्गलबार, ०४ जेठ २०७८

कोरोना भाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा लगाइएको निषेधाज्ञा आजदेखि पुनः १५ दिन थप गरिएको छ । गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

थप तीनको निधन

कोरोना संक्रमित भएर उपचाररत थप तीन जनाको त्रिशूली अस्पतालमा मृत्यु भएको छ ।  अस्पतालमा उपचाररत सूर्यगढी गाउँपालिका–३ की ३१ वर्षीया र  किस्पाङ गाउँपालिका–५ की ४२ वर्षीया महिलाको उपचारका क्रममा आज निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरु दुवैलाई अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

यस्तै धादिङ, नीलकण्ठ नगरपालिका–११ का ५५ वर्षीय एक पुरुषको पनि उपचारका क्रममा गए राति निधन भएको छ । निधन भएका नुवाकोटका दुई जना आज थप भएसँगै जिल्लाभित्र कोरोनाका कारण ज्यान गुमाउने  १२ र  सक्रिय संक्रमित ८२१ जना छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप