शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक लक्षित नियमित हवाई उडान गर्न सरकारसँग नाट्टाको आग्रह

मङ्गलबार, ०४ जेठ २०७८, १९ : ११
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) द्वारा सातामा २–३ वटा मात्रै भएपनि नियमित अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । 

नाट्टाले कोभिड–१९को दोश्रो लहरका कारण नेपाल सरकारद्वारा निषेधाज्ञा जारी गरिएको तथा निषेधाज्ञाको अवधिभर सम्पूर्ण आन्तरिक र अन्तर्राष्टिय हवाई उडानहरूमा रोक लगाइएको कारणले विशेष गरि नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु आफ्नो भ्रमण समापन गरी आ–आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा हवाई उडान गर्न आग्रह गरेको हो ।

नाट्टाले कम्तिमा पनि सातामा २ वा ३ वटा मात्रै भएपनि पर्यटक लक्षित नियमित उडान गरी पर्यटकलाई आफ्नो देश फर्कने वातावरण बनाउनु पर्ने बताएको हो ।

विगतमा उद्धार उडानका नाममा भएका अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरु धेरै विवादास्पद भएकोले नाट्टा लगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको विरोधको पछि नेपाल सरकारले नियमित उडानको अनुमति दिएकोमा थियो ।

नाट्टा लगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुले अहिलेको निषेधाज्ञा अवधिमा पनि त्यस्ता उडानहरूको अनुमति प्रदान नगर्न गरेको आग्रह विपरित चार्टर्ड उडान अनुमति दिएकोमा आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ । यस्ता उडान तत्काल खारेज गरि नियमित उडान गर्न पनि नाट्टाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप