शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई सहयोग गर्ने माधवको प्रतिवद्धता

मङ्गलबार, ०४ जेठ २०७८, १८ : २५
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा थापा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । 

मंगलबार दिउँसो वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर थापाले सहयोगका लागि आग्रह गरेका थिए । थापाको आग्रहलाई जवाफमा नेपालले पूर्ण सहयोग गर्ने वचन दिएको थापाको सचिवालयले जनाएको छ । ‘पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित थियो,’ भेटवार्तापछि गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जारी गरेको प्रेस नोटमा भनेका छन्, ‘भेटमा नेता नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप