शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् ५०० बढी कोरोनाको सक्रिय संक्रमित रहेका जिल्ला

मङ्गलबार, ०४ जेठ २०७८, १८ : ०४
मङ्गलबार, ०४ जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दर्जन बढी जिल्लामा कोरोनाका ५०० बढी सक्रिय संक्रमित रहेको बताएको छ । 
मन्त्रालयका अनुसार ती जिल्लामा मोरङ, सुनसरी झापा, रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रामेछाप, कास्की, गोरखा, नवलपुर, तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी, सल्यान, सुर्खेत, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाम रहेका छन् । 

यस्तै २०० बढी सक्रिय संक्रमित रहेको जिल्लामा ताप्लेजुङ, उदयपुर, धनकुटा, संखुवासभा, सर्लाही, सिरहा, दोलखा, रसुवा, पर्वत, म्याग्दी, लमजुङ, रोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम र टोली रहेका छन् । यी सबै जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप