काठमाडौंमा २०४९ संक्रमित थपिए, उपत्यकाको तीन जिल्लामा यस्तो छ संक्रमणको अवस्था
मङ्गलबार, ०४ जेठ २०७८, १८ : ०३
पछिल्लो २४ घण्टामा काठमाडाैंमा २०४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २७ हजार ३३९ नाघेको छ भने भक्तपुरमा ४ हजार ९१६ र ललितपुरमा ६ हजार ९९० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको छ ।