बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्याक्सिनको पहिलो डोज लगाएका ९६ प्रतिशतमा एन्टिबडी विकसित भएको अनुसन्धानको खुलासा

मङ्गलबार, ०४ जेठ २०७८, १७ : ३८
मङ्गलबार, ०४ जेठ २०७८

एस्ट्राजेनेका र फाइजरको कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका ९० प्रतिशतभन्दा बढी र दोस्रो डोज लगाएका बेलायतीहरुमा शत प्रतिशत एन्टीबडी विकसित भएको एक अनुसन्धानले देखाएको छ ।

बेलायत र वेल्सका ८,५१७ व्यक्तिमाथि गरिएको पछिल्लो अनुसन्धानमा यी दुई भ्याक्सिन अत्यधिक प्रभावकारी रहेको पुष्टि भएको छ ।

अनुसन्धानमा पत्ता लागे अनुसार दुई मध्ये पहिलो डोज लगाएका ९६.४२ प्रतिशतमा २८ देखि ३४ दिनपछि एन्टिबडी विकसित भएको पत्ता लागेको छ । यस्तै, दोस्रो डोज लगाएको सातदेखि १४ दिनभित्र यो ९९.०८ प्रतिशतसम्म वृद्धि भएको पाइयो ।

युनिभर्सिटी कलेज लण्डन (यूसीएल) का अनुसन्धाताले गरेको उक्त अनुसन्धानमा यी दुई भ्याक्सिन कोभिड–१९ सँग लड्नका लागि आवश्यक एन्टिबडी उत्पादन गर्नमा समान रुपमा प्रभावकारी रहेको पुष्टि गरेको छ ।

‘यो बेलायतमा गरिएको सबैभन्दा सुरुवाती वास्तविक दुनियाँको खोप अध्ययन मध्येको एक हो । र यो निकै सानदार समाचार हो,’ उक्त अनुसन्धान उल्लेख गरिएको लेखका लेखक डा. म्याडी स्रोत्रीले बताए ।

‘बेलायतमा फाइजर वा एस्ट्राजेनेका भ्याक्सिन लगाएका १० मध्ये ९ जना बढीमा पहिलो डोजमा नै भाइरसविरुद्ध एन्टीबडी उत्पादन भइसकेको थियो ।’

‘यी भ्याक्सिनले कति राम्रोसँग काम गर्छन् भनेर पत्ता लाग्नु निकै महत्वपूर्ण छ । विशेषगरी यस्तो समयमा जब यसलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको थियो । यो एक शताब्दिमा सबैभन्दा विनाशकारी महामारीको अगाडि विज्ञानको एक वास्तविक उपलब्धि हो ।’

यो नतिजा ट्रायलमा संलग्न ८,५१७ वयस्कले प्रदान गरेको १३,२३२ एन्टिबडीको स्याम्पललाई  आधार मानेर निकालिएको हो । यीमध्ये कसैको पनि पहिलो भ्याक्सिन अघि एन्टीबडी थिएन । एन्टीबडी भएकाहरुलाई अनुसन्धानमा संलग्न गरिएन ।

सहभागीहरुको औसत आयु ६५ थियो, जो ती ज्येष्ठ नागरिकको समूहलाई दर्शाउँछ जो यूकेमा ८ डिसेम्बरबाट सुरु भएको एनएचएसको व्यापक रुपमा प्रशंसा गरिएको कार्यक्रममाफएत् कोभिडको भ्याक्सिन प्राप्त गर्ने पहिलो समूह थिए ।

अक्सफोर्ड/एस्ट्राजेनेका खोप लगाएका व्यक्तिको तुलनामा फाइजर/बायोएनटेक भ्याक्सिन लगाएकाहरुमा एन्टीबडीको दर सुरुमा अत्यधिक बढ्ने गर्छ । यद्यपि, चार हप्तापछि खोप लगाउनेहरुमा लगभग समान एन्टीबडी विकसित भएको पाइयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप