शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हडसनले सिजनको अन्त्यमा प्यालेस छाड्ने

मङ्गलबार, ०४ जेठ २०७८, १७ : ०५
मङ्गलबार, ०४ जेठ २०७८

रोय हडसनले यो सिजनको अन्त्यमा क्रिस्टल प्यालेसको म्यानेजर पद छाड्ने भएका छन् । सिजनको अन्त्यमा उनको करार समाप्त हुँदैछ ।

इंग्ल्याण्डको राष्ट्रिय टोलीका म्यानेजरसमेत रहिसकेका ७३ वर्षीय हडसनले प्रिमियर लिग फुटबलको तनावबाट बिदा हुने यो उपयुक्त समय भएको बताएका छन् । सन् २०१७ को सेप्टेम्बरबाट हडसनले प्यालेसको नेतृत्व सम्हाल्दै आएका छन् ।

‘प्यालेसमा बिताएको विगत चार सिजन मेरो फुटबल जीवत तथा करियर प्यालेसमा बिताउन पाएकोमा सुखद् अवधि रह्यो,’ उनले भने, ‘फेरि अर्को सफल सिजनपछि मेरो जिम्मेवारीबाट हट्न सही समय हुने मैले ठानेको छु ।’

आफ्नो पूर्वक्लब लिभरपुलविरुद्ध एनफिल्डमा आइतबार हुने खेल प्यालेसका लागि हडसनको अन्तिम खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप