बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा संक्रमित भइरहेका बालबालिका ठूलो खतराको संकेत त होइनन् ?

मङ्गलबार, ०४ जेठ २०७८, १६ : ३८
मङ्गलबार, ०४ जेठ २०७८

भारतको उत्तराखण्डमा पछिल्लो डेड महिनामा १६ हजारभन्दा बढी बालबालिका र १९ वर्षसम्मका किशोर–किशोरी संक्रमित पाइएका छन् ।

स्टेट कन्ट्रोल रुम कोभिड–१९ को वेबसाइटका अनुसार यसमा ९ वर्षका उमेरका ३,०२० र १० देखि १९ वर्ष बीचका १३,३९३ किशोर समावेश थिए ।

कोरोना संक्रमणको पहिलो मामिला उक्त राज्यमा अघिल्लो वर्ष मार्चमा पाइएको थियो । लगभग वर्ष दिनको अन्तरमा (३१ मार्चसम्म) प्रदेशमा बालबालिका र किशोर किशोरीबीच संक्रमणका कूल १०७४० मामिला सार्वजनिक भए तर एक महिना अर्थात् अप्रिल २०२१ सम्म यसले १८ हजारको आँकडा पार गरेको छ ।

बालबालिका र किशोर–किशोरीमा संक्रमण तीब्र गतिमा बढ्दैछ ।

अब यहाँ प्रश्न उठ्न थालेको छ कि के उत्तराखण्डमा कोरोनाको तेस्रो लहर पुगिसकेको छ जसमा यतिबेला सबैभन्दा धेरै हानी बालबालिका र किशोर–किशोरीलाई हुने बताइएको छ ।

उत्तराखण्डमा डायरेक्टर नेशनल हेल्थ मिसन डाक्टर सरोज नैथानीले बीबीसीसँगको कुराकानीमा यो आँकडाले कतै न कतै अलर्ट गराएको बताएका छन् ।

डा. सरोज भन्छिन्, ‘अहिले जति पनि आँकडा सार्वजनिक भएको छ, यसबाट हामीले यो हेर्नुपर्छ कि जो बच्चा संक्रमित भएका छन्, यो कुन श्रेणीका बच्चा हुन् र कहाँका हुन् । के यी सबै देहरादून, हरिद्वार र ऊधम सिंह नगरका हुन् वा पहाडका कुनै इलाकाका हुन् । हामीले आफ्नो अनुसन्धान टिममार्फत् यसबारे पत्ता लगाउन जरुरी छ ता कि हाम्रा योजना पनि त्यस्तै बनून् । यसो गर्न सके हामीले कुन कुरामा ध्यान दिन आवश्यक छ भन्नेबारे स्पष्ट हुनेछ ।’

उनी भन्छिन्, ‘बच्चा घरबाट बाहिर ननिस्किएको हुनसक्छन् तर आमा–बुवा वा परिवारका अन्य सदस्य त कामका लागि बाहिर गइरहेका हुन सकछन् र हुनसक्छ संक्रमण उनीहरुमार्फत् नै बच्चासम्म पुगेको होस् ।’

डाक्टर सरोज थप्छिन्, ‘यदि हामीले महामारीको इतिहास हेर्ने हो भने साधारणतया तीनदेखि चार लहर आउँछन् । भाइरस म्युटेन्ट पनि भइरहेको छ । हाल देशमा १८ वर्ष माथिका व्यक्तिका लागि खोप लगाउन सुरु भएको छ । यद्यपि, यसमा थोरै समय लाग्न सक्छ किनभने खोपको उपलब्धताको हिसाबले यसमा पूरा समय लाग्न सक्छ । अब १८ वर्षभन्दा मुनीका बालबालिका मात्रै बाँकी रहन्छन् र उनीहरुलाई नै संक्रमणको बढी खतरा हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप