बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर ऋणमा पुरानै व्यवस्था, ग्राहकको अनुरोधमा मुद्दती निक्षेप स्वतः नवीकरण हुने

मङ्गलबार, ०४ जेठ २०७८, १६ : २०
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं । निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दती निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण ग्राहकले अनुरोध गरेपछि हुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले मंगलबार चालू वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षा गर्दै ग्राहकको अनुरोधमा स्वतः नवीकरण गर्ने व्यवस्था गरेकोे हो । सामान्य अवस्थामा यसका लागि ग्राहकले लिखित निवेदन दिनुपर्ने व्यवस्था छ । 

राष्ट्र बैंकले सेयर ऋणमा पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ । सेयरको धितोमा प्रवाह हुने मर्जिन प्रकृतिको कर्जाको धितो बापत सेयर मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ । त्यसको आधारमा गणना गर्ने व्यवस्था छ । यसको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप