भारतबाट भन्सार छलेर ल्याएका समान बरामद
मङ्गलबार, ०४ जेठ २०७८, १६ : १०
![भारतबाट भन्सार छलेर ल्याएका समान बरामद](https://rpcdn.ratopati.com/media/albums/baramad_JmrPEdmQQj.png)
काठमाडौं । भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनी प्रहरीले बिराटनगर महानगरपालिकाबाट बरामद गरेको छ । भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनीसहित १ लाख ६४ हजार मूल्य पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) मान बहादुर राईले रातोपाटीलाई बताए ।
विराटनगर महानगरपालिका–१७ स्थित दरैयाबाट सुधीरकुमार महतोले ल्याएको ४ बोरा कपडा सिमानाबाट नेपालतर्फ ल्याएर टेम्पोमा लोड गरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सो तयारी कपडाको मूल्य १ लाख ५६ हजार रहेको छ ।
विराटनगर महानगरपालिका–१७ स्थित मटेरुवाबाट प्रहरीले १ सय ६० किलो चिनी बरामद गरेको छ । जोगवनीबाट चिनी नेपाल ल्याउँदै गरेको समूह प्रहरीलाई देखेपछि भागेको डिएसपी राईले रातोपाटीलाई बताए । आवश्यक कारवाहीका लागि बरामद सामान प्रहरीले भन्सार कार्यालय रानीमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका तर्फबाट पुन बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
-
मेरा कृति आफ्नै लयमा बाँच्नेछन्
-
राष्ट्रिय महत्वका आयोजना कार्यान्वयनमा क्रियाशील छु : वनमन्त्री शाही
-
‘नवीकरणीय ऊर्जा’ तर्फ उन्मुख जापान
-
रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात