एक सातामै कंगनाले जितिन् कोरोना
मुम्बई । अभिनेत्री कंगना रनौतले कोरोना जितेकी छन् । उनले एक सातामा कोरोना जितेकी हुन् । आफुले कोरोना जितेको इन्स्टाग्राममा एक स्टोरीमा पोष्ट गर्दै जानकारी दिएकी छन् । कंगनालाई गत मे ८ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइन गरेकी थिइन् ।
कंगनाले इन्स्टाग्राममा लेखेकी छन्–‘आज म कोभिड नेगेटिभ भएकी छु । यो भाइरसलाई मैले कसरी हराए भन्ने विषयमा धेरै भन्न चाहान्छु । तर मलाई कोडि फ्यान क्लबले परिधिमा रहन भनेको छ ।’
८ मेमा कोभिड पोजिटिभ भएको बताएकी कंगनाले उक्त समय शिव लिंगको नजिक ध्यान गरेको मुद्रामा आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन् ।
कामको कुरा गर्ने हो भने कंगना छिट्टै फिल्म ‘थलाइवी’ मा देखिँदैछिन् । फिल्म अप्रिलमा रिलिज हुने तरखरमा थियो । कोरोनाको कहरका कारण रिलिज रोकियो । यसको अलवा उनी ‘तेजस’ र ‘धाकड’ जस्ता फिल्ममा पनि देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
-
भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी लिग चरणमा ‘अजेय’
-
विमानको इन्जिनमा आगो लाग्यो, अवतरणका क्रममा एउटा पाङ्ग्रा भाँचियो
-
आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
-
हेटौँडा अस्पतालको बोर्ड तोडमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने