शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हेटौंडामा ट्रकसहित ३ जना पक्राउ

मङ्गलबार, ०४ जेठ २०७८, १५ : ००
मङ्गलबार, ०४ जेठ २०७८

वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालीका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुविन रुम्बा रहेका छन् । 

ना२ख ९८६२ नंको ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको राखिएको १७ वटा पोकामा राखिएको करीब एक क्विन्टल लागुऔषध गाँजा सोमबार प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा पक्राउ परेका ट्रक चालक ठाडामगरलाई गरिएको अनुसन्धानपश्चात् सो कारोबारमा संलग्न अन्य दुईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  ।

विशेष सूचनाका आधारमा जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ त्रिभुवन राजपथस्थित सडक खण्डमा नामटार तर्फबाट हेटौंडातर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरिएको थियो  । 

दैनिक एक सय सिलिन्डर 

मकवानपुर जिल्लामा कोभिड– १९ सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव हुन थालेपछि हेटौँडा उपमहानगरपालिकाले दैनिक एक सय सिलिन्डर अक्सिजन ल्याउने अभियान शुरु गरेको छ । कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा हेटौँडा अस्पतालमा उपचाररत बिरामीलाई सघाउ पुर्याउने उद्देश्यले सो अभियान  चलाएको उपमहानगरपालिकाले जनाएको  छ  । जसअन्तर्गत आज पहिलो दिन एक सय सिलिन्डर अक्सिजन ल्याउन उपमहानगरपालिकाले आज आफ्नो दुईवटा टिप्पर नुवाकोट र इटहरी पठाएको छ । ती टिप्परहरूले आज रातिसम्म अक्सिजन भरेर ल्याइसक्ने उपमहानगरपालिकाले जनाएको छ ।

अक्सिजनकै अभावमा बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने मान्यताका साथ आफूहरूले काम अघि बढाएको हेटौँडा उपमहानगरपालिकाले जानकारी दिएको छ । पछिल्लो समय हेटौँडा उपमहानगरपालिकामा सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको र अक्सिजन चाहिने सङ्क्रमित बढेका कारण स्थानीय सरकारले पहलकदमी बढाएको हो ।

मकवानपुरको  बकैया गाउँपालिकामा आज एक  पुरुष कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको  छ  । बकैया गाउँपालिकामा मा पहिलोपटक कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा बकैया गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको हेटौँडा अस्पतालको कोभिड कक्षमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको  छ । बकैयामा हाल १२ जना सक्रिय सङ्क्रमित रहेका र सबैको अवस्था सामान्य रहेको गाउँपालिकाअन्तर्गतका स्वास्थ्य शाखाले जनाएको छ । योसँगै मकवानपुर जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप