शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा उपचाररत ४ संक्रमितको मृत्यु

मङ्गलबार, ०४ जेठ २०७८, १४ : ४२
मङ्गलबार, ०४ जेठ २०७८

हेटौंडा अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा हेटौंडाका ३ जनासहित बारा जिल्ला घर  भएका एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी  दिए ।

मृत्यु हुनेमा बाराकी ७५ वर्षीय एक महिला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ४ का ५४ वर्षीय एक पुरुष रहेका छन् । दुवैजनाको सोमबार मृत्यु भएको जनाइएको छ । त्यस्तै हेटौंडा–३ का ७२ वर्षका एक पुरुष र अर्का एक पुरुषको मंगलबार मुत्यु भएको हो । 

केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको हेटौंडा अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो ।  योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप