‘धुर्मुस’ले दिए अस्पताललाई अक्सिजन
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शैयाको कोभिड अस्पताललाई ५० थान अक्सिजन दिएका हुन् ।
‘अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई सहयोग गरेको हो’ धुर्मुसले भने ‘देशमा देखिएको अक्सिजनको अभावलाई मध्यनजर गर्दै बर्दिवासमा अक्सिजन प्लाट स्थापना गर्ने योजना समेत छ ।’ उनले संक्रमितलाई आत्मबल बढाउन, डर र त्रासबाट विचलित नहुन आग्रह समेत गरेका छन् ।
फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ । हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा
दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको धुर्मुसले सामाजिक संजालबाट जानकारी दिएका छन् ।
पछिल्लो समय भरतपुर चितवनमा अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा लागि गरेका धुर्मसले केही अगाडि फिल्म ‘सेन्टी भाइरस’ बनाएका थिए । अहिले फेरि एक फिल्म निर्माणको होमवर्कमा पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल