हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतियलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्दै
मङ्गलबार, ०४ जेठ २०७८, १४ : ३१
![हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतियलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्दै](https://rpcdn.ratopati.com/media/albums/Himalaya_Airlines_aircarft_-_new_livery_qWsif0hqws.jpg)
काठमाडौं । हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतिय नागरिकलाई साउदी अरेबिया लैजानका लागि चार्टर्ड उडान गर्ने भएको छ । नेपाल सरकारको अनुमति अनुसार चार्टर्ड उडान गर्न लागिएको एयरलाइन्सले जनाएको हो । उडान आज (मे १८) काठमाडौं देखि साउदी अरेबियाको दम्मामका लागि ३ वटा उडान हुने पनि एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सले चार्टर्ड उडानका लागि नयाँ भाडादर पनि जारी गरेको छ । जसमा काठमाडौं देखि दम्मामका लागि ८२० अमेरिकी डलर तोकेको छ । साथै यात्रुले अनिवार्य रुपमा पीसीआर जाँच गरेको हुनुपर्नेछ । पीसीआर नेगेटिभ आउको रिपोर्ट देखाएर मात्रै यात्रा गर्न पाउने पनि एयरलाइन्सले जनाएको छ । यसैगरी, साउदी अरेबियाको नियमअनुसार यात्रुले अनिवार्य क्वारेन्टिनमा पनि बस्नुपर्ने छ ।