के मेस्सीले क्याम्प नाउमा बार्साका लागि अन्तिम खेल खेलेका हुन् ?
बार्सिलोनाका म्यानेजर रोनाल्ड कोम्यानले कप्तान लियोनेल मेस्सीले क्लबका लागि क्याम्प नाउमा अन्तिम खेल नखेलेको भन्नेमा आशा व्यक्त गरेका छन् । आइतबार सेल्टाभिगोसँग पराजित हुँदै बार्सिलोनाको यो सिजन ला लिगा उपाधि जित्ने आशामा पूर्णविराम लागेपछि कोम्यानले यस्तो बताएका हुन् ।
यो सिजनको अन्त्यमा मेस्सीको करार समाप्त हुँदैछ र उनले करार थप गर्ने विषयमा सहमति गर्न बाँकी नै रहेको छ । अर्जेन्टिनी खेलाडीले आइतबार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपनि स्यान्टी मिनाले दुई गोल गरेपछि सेल्टा २–१ गोलले विजयी बनेको थियो । पराजयसँगै बार्सिलोना सन् २००७–०८ सिजन यता पहिलो पटक ला लिगाको शीर्ष दुईमा नरहने पक्का भएको छ ।
‘उनले आज देखाए कि उनीबिना खेल्न असम्भव छ,’ कोम्यानले भने, ‘उनी अझै पनि विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनले ३० गोल गरिसकेका छन् जसले टोलीलाई धेरै अंक दिलाएको छ ।’
‘क्लबमा रहने/नरहने कुराको उत्तर लियोले दिने हो । जहाँसम्म म र टोलीको सवाल छ, हामी चाहन्छौँ कि उनी बसून् । किनभने लियो हुँदैनन् भने त्यति धेरै गोल कसले गर्न सक्ला ?,’ उनले थपे ।
कोम्यानले आफ्नो भविष्यबारे पनि उत्तर दिन चाहेनन् । यतिबेला कोम्यानको स्थानमा बार्सिलोनाका पूर्व मिडफिल्डर ज्याभीले नेतृत्व सम्हाल्ने चर्चा चलिरहेको छ । ‘मेरो भविष्य रु,’ उनले भने, ‘यो मेरो लागि प्रश्न होइन । र म योबारे बोल्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल