शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राईयाथलनको भर्चुअल प्रशिक्षण कोर्स सुरु

मङ्गलबार, ०४ जेठ २०७८, १३ : ५६
मङ्गलबार, ०४ जेठ २०७८

नेपाल ट्राईयाथलन संघले आफ्ना प्रशिक्षकहरुका ‘फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ्ग – युथ एण्ड जुनियर ’ विषय अनलाईन कोर्स सुरु गरेको छ । यो कोर्स संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रदान गर्ने छन् ।

ट्राईयाथलनको प्राविधिक पक्षलाई समेटेर कोर्स संचालन गरिएको हो । करिव ५ हप्ता भर्चुअल माध्यमबाट संचालन हुने कोर्समा ट्राईयाथलनका १५ प्रशिक्षकहरु सहभागी छन् । कोर्षमा शारीरिक परिपक्वता , युवा खेलाडीहरुको शारीरिक र शारीरिक बिशेषताहरु , प्रशिक्षण क्षमताको संवेदनसिल अवधी , एरोबिक सहनशिलता, शक्ति सहनशिलता ,गति विकास र रेस बिशेषबारे प्रशिक्षण हुनेछ ।

विश्व ट्राईयाथलन संघले हालै संचालन गरेको ‘फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ्ग – युथ एण्ड जुनियर’  विषयक ६ हप्ते कोर्समा सहभागी भएका महासचिव सुनुवारले आफुले पाएको ज्ञान नेपाली प्रशिक्षकहरुलाई प्रदान गर्न लागेका हुन् । कोभिडका कारण घरमै बस्न बाध्य प्रशिक्षकहरुलाई सक्रिय जीवनमा ल्याउने र समयको सदुपयोग गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको यस कोर्सबाट नेपाली प्रशिक्षकको क्षमता अभिवृद्धी हुने विश्वास सुनुवारले व्यक्त गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप