बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विराट शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट, २ जना पक्राउ

मङ्गलबार, ०४ जेठ २०७८, १३ : २१
मङ्गलबार, ०४ जेठ २०७८

मोरङको  बुढीगंगामा रहेको विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले बूढीगंगा २ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई पक्राउ गरेको हो ।

सोमबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उनीहरुले सडक दुर्घटनामा घाइते भई अस्पताल भर्ना गरिएकी एक वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै चिकित्सक रेग्मी र स्वास्थ्यकर्मी बस्नेतमाथि आक्रमण गरी घाइते बनाएका थिए ।

आक्रमणबाट डा.रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप