शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका किसानलाई गहुँ भित्र्याउने चटारो, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०४ जेठ २०७८, १३ : १२
मङ्गलबार, ०४ जेठ २०७८

झण्डै तीन साता यताको निषेधाज्ञाले उपत्यकाका सर्वसाधारण घरभित्रै सीमित भएका छन् । दोस्रो लहरको कोरोनाभाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाइएको छ ।

तर, उपत्यकाको ग्रामिण र काँठ क्षेत्रका किसानको दैनिकी भने उस्तै छ । काँठ क्षेत्रमा कोरोना संक्रमणको भय त छ तर संक्रमणको जोखिमका बीच दैनिक कृषिकर्ममा उनीहरु लागिपरेका छन् ।

यस्तै दैनिकी मंगलबार भक्तपुरको चाँगुनारायणस्थित फाँटमा देखिन्थ्यो । किसानहरू चर्को घामको परवाह नगरी गहुँ बाली भित्र्याउन व्यस्त थिए ।

गत कात्तिक/मंसिर महिनातिर लगाइएको गहुँ बाली अहिले भित्र्याउने चटारोमा किसान लागेका हुन् । उपत्यकाका कृषियोग्य भूमिका हिउँदको समयमा गहुँ, आलु, तरकारीलगायत लगाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप