मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

होटलभित्र जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

मङ्गलबार, ०४ जेठ २०७८, १२ : ०५
मङ्गलबार, ०४ जेठ २०७८

 निषेधाज्ञाको अवधिमा रौतहटको सदरमुकाम गौरस्थित सुर्य बेम्बो रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । गौर नगरपालिका–१ स्थित उक्त रेष्टुरेन्टभित्र जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा सोमबार राति ९ बजे उनीहरुलाई रङ्गेहात फेला पारिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा गौर–१ बस्ने करणकुमार यादव, राजाबाबु महतो, विवेक जैसवाल, अर्जुन कुमार बैठा, अरुण महतो छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार गौर–३ बस्ने आशिष कुमार झा, शिवशंकर यादव, राजदेवी नगरपालिका–४ बस्ने पुष्पेन्द्र झा, वडा नं. ६ बस्ने असलम मिकरानी र रेस्टुरेन्ट सञ्चालक  सर्लाही बलरा–३ बस्ने अभिषेक मिश्र पनि पक्राउ परेका छन् ।

जुवास्थलबाट प्रहरीले ६४ हजार १६५ नगद, तीन बुक तास र ११ थान मोबाइल बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता अन्तर्गत जुवा सम्बन्धी मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप