खैरो हिरोइनसहित २ युवती पक्राउ
मङ्गलबार, ०४ जेठ २०७८, ११ : २३
कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित २ युवतीलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका ७ कालाकुण्डाबाट सोही वडाका २४ बर्षीया दिलु पाण्डे र १६ बर्षीया राधा पाण्डेलाई पक्राउ गरेको हो ।
सोमबार दिउँसो उनीहरुको साथबाट करिब ९.९५० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनीहरुको म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।