शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाराको कलैयामा दुई बालकको घाँटी रेटेर हत्या

मङ्गलबार, ०४ जेठ २०७८, १० : ३४
मङ्गलबार, ०४ जेठ २०७८

बाराको सदरमुकाम कलैयामा दुईजना बालकको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरमा निर्माणाधीन मदरसामा दुई बालकको शव फेला परेको प्रहरीले जनाएको छ । 

स्थानीय गफार मियाँका छोरा ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो । 

धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा उसमान र अमिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले रातोपाटीलाई बताए । 

मृतक दुवैजना स्थानीय गफार मियाँका छोरा हुन् । सोमबार साँझ ८ बजे घरबाट खेल्न गएका उनीहरु घर फर्केका थिएनन् । स्थानीयले आज बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

हत्याबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटना अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको डीएसपी मिश्रले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप