आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘तेन्जिङ नोर्गे’का लागि कलाकारको खोजी सुरु

मङ्गलबार, ०४ जेठ २०७८, १० : १९
मङ्गलबार, ०४ जेठ २०७८

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको फिल्म प्रोेडक्सनले नेटफिल्क्ससँगको सहकार्यमा निर्माण गर्न लागेको बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’का कलाकारको खोजी सुरु भएको छ ।
अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनीलङले फिल्मका लागि कलाकारको आह्वान गरेको हो । अभिनयको अनुभव नभएका कलाकारलाई समेत कास्टिङको मौका दिइने बताइएको छ । तेन्जिङ पात्रको लागि हिमाली लुक्स, तिब्बती–शेर्पा र नेपाली हुनुपर्ने प्रावधान राखेको कम्पनीले उमेर भने २५ देखि ४० बताएको छ । 

कास्टिङ छनौट भए सन् २०२२ मा नेपाल र न्यूजिल्यान्डमा फिल्मको छायाँकन हुनेछ ।  प्रारम्भिक चरणमा तेन्जिङको लागि र त्यसपछि अन्य कलाकारको लागि अडिसन चल्ने छ ।
सगरमाथाको बिषयमा चर्चित डकुमेन्ट्री ‘शेर्पा’ निर्देशक जेनिफर पीडमले निर्देशन गर्न लागेको फिल्म लायन फेम्ड लेखक ल्युक डेभिसले लेखेका हुन् । सन् १९५३ मा एडमण्ड हिलारीसँग तेन्जिङ नोर्गेले सर्वोच्च शिखर आरोहण गरेका थिए । शेर्पाको जीवनीमाथि एड् डगलसले लेखेको जीवनीमाथि आधारित रहेर फिल्म ‘तेन्जिङ’ बन्न लागेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप