बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीसँग जुध्न बागलुङका स्थानीय तह एकजुट, ५५ लाखको कोष स्थापना

सोमबार, ०३ जेठ २०७८, २० : ५४
सोमबार, ०३ जेठ २०७८

कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले  संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा  सङ्कटसँग जुध्न  कोष स्थापना गरेका हुन् । 

कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र   र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासँग सम्बन्धित काममा खर्च गर्नका लागि संयुक्त रुपामा कोष स्थापना गरिएको बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।


जिल्लाको गलकोट, जैमिनी , ढोरपाटन नगरपालिका, निसीखोला  तमानखोला, बडिगाड , ताराखोला, बरेङ तथा काठेखोला  गाउँपालिकाले बागलुङ नगरपालिकाको समन्वयमा स्थापना गर्न थालिएको कोषमा पाँच लाखका दरले जम्मा गर्नेछन् ।

कोषमा जम्मा भएको रकम सङ्क्रमितको उपचार गराउदै आएको धौलागिरी अस्पतालसंग समन्वय गरी खर्च गरिनेछ । यस्तै बैठकले स्वास्थ्यकर्मीको दरबन्दी परिपूर्तीको लागि  संघ तथा प्रदेश सरकार संग आग्रह गरिएको छ ।

 कोरोनाको पहिलो लहरमा समेत बागलुङका दश स्थानीय तहले संयुक्त रुपमा कोरोना संग जुध्न कोष स्थापना गरी काम गरेका थिए उक्त काम  प्रभावकारी भएको थियो यसैले  दोस्रो लहरका लागि कोष स्थापना गरिएको काठेखोलाका अध्यक्ष अम्मर बहादुर थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप