बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सप्तरीमा ६ मदिरा पसले पक्राउ

सोमबार, ०३ जेठ २०७८, २० : १९
सोमबार, ०३ जेठ २०७८

निषेधाज्ञाको उल्लङ्घन गरी मदिरा पसल सञ्चालन गर्ने ६  मदिरा पसलेलाई आज प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका तथा विष्णुपुर र छिन्नमस्ता गाउँपालिकामा मदिरा पसल सञ्चालन गर्ने  मदिरा पसल सञ्चालकलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । 

उनीहरुलाई संक्रमण ऐनअन्तर्गत कारवाही प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । निषेधाज्ञा उल्लङ्घन गरी सवारी साधन चलाउने, मास्क नलगाई हिँड्ने, अनधिकृत रुपमा भीडभाड गर्ने, मदिरा पसल खोल्ने जस्ता निषेधित क्रियाकलाप गर्ने दुई हजार ६४८ जनालाई हालसम्म पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जनही रु एक सयका दरले जरिवाना गरिएको छ । 

जन्म कैदका अभियुक्त पक्राउ
जन्मकैद सजाय पाएका एक अभियुक्तलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।  अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसबनीका कारी सदा मुसहरलाई प्रहरीले गाउँ घरबाटै आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सोही ठाउँका जोगेन्द्र मण्डलको हत्या गरेका आरोपमा अदालतबाट जन्मकैद सजाय पाएका मुसहर फरार  थिए । मुसहरसमेत भएर २०५१ फागुन २० गते मण्डलको हत्या गरेको भन्दै मृतकका परिवारका सदस्य देवनारायण मण्डलले उजूरी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप