बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शवले भरियो गंगा किनार, हरेक दिन बगेर आउँछन् ६०–७० शव

कति शव भेटियो, गणना नै गर्न कठिन
सोमबार, ०३ जेठ २०७८, १९ : ३४
सोमबार, ०३ जेठ २०७८

उत्तर प्रदेशको गंगा नदीको किनारमा शवहरु भेटिने क्रम अझै पनि जारी रहेको छ । प्रयागराजमा श्रृंगवेरपुर धाम नजिक ठूलो संख्यामा शव गाडिएको छ । स्थिति यस्तो छ कि एक छेउबाट अर्को छेउसम्म मात्र शव मात्र देखिन्छन् । एक किलोमिटर टाढासम्म गाडिएको शवको बीचमा एक मिटरको दुरीसमेत छैन ।

घाटमा पूजा पाठ गर्ने पण्डितका अनुसार पहिले पनि यहाँ ८ देखि १० वटा शव बगेर आउँथे । पछिल्लो एक महिना यो संख्या बढेर दैनिक ६०–७० शव पुगेको छ । कुनै दिन त १ सय वटा शवसम्म भेटिएको छ । एक महिनामा ४ हजारभन्दा बढी शव आइसकेको उनीहरुको भनाइ छ ।

शैव सम्प्रदायका अनुयायीहरु बेवारिसे शवलाई गाड्ने गरेका छन् । यो पुरानो परम्परा हो । श्रृंंगवेरपुर धाममा प्रयागराजको साथै प्रतापगढ, सुल्तानपुर र फैजाबाद जिल्लामा शवको अन्तिम संस्कार गरिन्छ । कोरोनाको दोस्रो लहरमा श्रृंगवेरपुर घाटमा ठूलो संख्यामा शवहरु आइरहेका छन् । जसले गर्दा दाउराको समेत कमी देखिएको छ । यसले गर्दा काठका ठेकेदारहरूले बढी पैसा पनि असुल्न सुरु गरेका छन् ।

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप