शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ निगम

सोमबार, ०३ जेठ २०७८, १९ : २७
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिन्डर नेपाल ल्याइरहेका छन् ।

निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिन्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङबाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिन्डर काठमाडौँ ल्याएको छ । निगमका महाप्रबन्धक  डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिन्डर र १५७ अक्सिजन कन्सर्नटेटर ल्याइएको छ । चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिन्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ ।

निगमले यसअघि वैशाख २८ गते चीनबाट ४०० थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यी सबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो । चीन सरकारको दुई हजार अक्सिजन सिलिन्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसीले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने निगमले जनाएको छ ।      गत शनिबार पनि निगमले गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिन्डर काठमाडौँ ल्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप