केही हप्ता अझै चुनौतिपूर्ण छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेको जनाएको छ । सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले संकटका बेला सबैलाई संयमित र सहयोगी भई एकजुट भएर अघि बढ्न अपिल समेत गरेको छ । निषेधाज्ञाको १९ औं दिन पुग्दा पनि कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लागेपछि मन्त्रालयले पूर्ण रुपमा सावधानी अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयले अझै पनि जनस्वास्थ्यका मापदण्डहरूको राम्ररी पालना नभएको स्पष्ट पार्दै निषेधाज्ञामा ५९ प्रतिशतले मानिसहरुले मात्रै आवतजावतको नियम पालना गरेको पाइएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी सूचनामा अझैपनि लुकिछिपि वा खुल्लमखुल्ला निषेधाज्ञा उल्लंघन भइरहेको जनाइएको छ । मन्त्रालयले सबैलाई निषेधाज्ञा र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
सूचनामा भनिएको छ– ‘विवाह ब्रतबन्ध, चौरासी पूजाजस्ता सामाजिक कार्य, भेला र उद्घाटन जस्ता राजनीतिक क्रियाकलापबाट संक्रमण बढेकोले निषेधाज्ञासँगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दछौं ।’
मन्त्रालयले काठमाडौं रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, लगायतका जिल्लाहरुमा संक्रमणको उच्च जोखिम रहेको बताउँदै ती जिल्ला र त्यहाँका सार्वजनिक स्थानहरुमा अझै खुलेआम हिँडिरहेको पाइएको जनाएको छ । मन्त्रालयले वैशाख ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित सबै पक्षलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव
-
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
-
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
-
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री