शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

योगेश भट्टराईको समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री

सोमबार, ०३ जेठ २०७८, १८ : २१
सोमबार, ०३ जेठ २०७८

नेकपा (एमाले) नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका आज ताप्लेजुङ पठाइएको जनाइएको छ । 

उनका स्वकीय सचिव प्रेम गुरागाईँले सात थान अक्सिजनसहित अक्सिजन, एन ९५ मास्क १०० थान, गाउन  १०० थान, पन्जा १०० जोर, मास्क  २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौँबाट ताप्लेजुङ पठाइएको बताए ।

ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा.सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग गरेपछि पठाइएको हो । ताप्लेजुङ भट्टराईको गृहजिल्ला हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप