शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीद्वारा अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

सोमबार, ०३ जेठ २०७८, १८ : १४
सोमबार, ०३ जेठ २०७८

 
 कैलालीमा अक्सिजन  ग्यास अभाव भइृरहेको बेला लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले  टीकापुर अस्पताललाई १०० सिलिन्डर अक्सिजन रिफिल  गरेर हस्तान्तरण गरेको छ ।
संस्थाका सञ्चालक समिति सदस्य सरोजकुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गरेको किसान बहुउद्देश्यीय सहकारी संस्थाका प्रोजेक्ट मेनेजर दिपकराज ढङ्गानाले बताए । 

किसान सहकारीले कोभिड–१९ को दोस्रो भेरियन्टबाट प्रताडित बिरामीहरुलाई सहज रुपमा अक्सिजन आपूर्तिका लागि किसान अक्सिजन बैंक सञ्चालनमा ल्याई उक्त बैंकमार्फत सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल र लम्की अस्पताललाई अक्सिजन आपूर्ति गर्दै आएको सञ्चालक समिति सदस्य शाहले बताए । 

सोमबारसम्म टीकापुर अस्पताललमा अक्सिजन आवश्यक भएका ३२ जना कोभिडका बिरामीको उपचार भईरहेको अस्पतालले जनाएको छ ।
सहकारी संस्थाले सञ्चालन गरेको अक्सिजन बैंकले यसअघि लम्की अस्पताललाई १५० थान रिफिल सिलिन्डर उपलब्ध गराईसकेको छ । 

स्थानीय अस्पतालहरुमा सिलिन्डर अभाव हुन नदिन संस्थाले अन्य संस्थासँगको सहकार्यमा खाली सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको संस्थाका महाप्रवन्धक डम्बरबहादुर शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप