शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमितको मृत्यु

सोमबार, ०३ जेठ २०७८, १७ : ५२
सोमबार, ०३ जेठ २०७८

गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका रहेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कास्कीका ९ र अन्य १५ सहित २४ जनाको मृत्यु भएको प्रदेश स्वाथ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनकाअनुसार मृत्यु हुनेहरुमा कास्कीका ९, स्याङजाका ५, पर्वतका ३, तनहुँका २, नवलपरासी, बागलुङ, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका एक–एक जना छन् । पोखरा–१७ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यसैगरी पोखरा –१७ कै ४० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । यस्तै पोखरा–१५ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको फिष्टेल अस्पतालमा निधन भएको छ । पोखरा–१३ का ३८ वर्षीय पुरुष, पोखरा–१७ की ४८ वर्षीय महिला, रुपन्देही तिलोत्तमा–६ का ३८ बर्षीय पुरुष, स्याङजा वालिङ–१० की ५९ वर्षीय कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

त्यसैगरी पोखरा –९ की ५६ वर्षीय संक्रमित महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । पोखरा–२९ का ८९ वर्षीय पुरुषको ओम अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै स्याङजाकी ५० वर्षीय महिलाको पोखराको ग्यालेक्सी अस्पतालमा मृत्यु भएको छ । 

त्यसैगरी स्याङजा भिरकोट–६ का ५९ वर्षीय महिला, स्याङजा गल्याङ–३ का ८२ वर्षीय पुरुष, पर्वत कुश्मा–३ का ८२ बर्षीय पुरुष, पर्वत कुश्मा–५ की ६४ वर्षीय महिला, पर्वत फलेवास–६ का ४८ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी–२ की ५२ वर्षीय महिला, तनहुँ शुक्लागण्डकी–५ का ५० वर्षीय पुरुष, नवलपरासी, मध्यविन्दु–१० की ८२ वर्षीय महिला, लमजुङका ५० वर्षीय पुरुष, म्याग्दी मंगला–५ का ५२ वर्षीय पुरुष, बागलुङ–७ का ६४ वर्षीय पुरुष र गोरखा–८का ४८ वर्षीय पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ । आइतबार कोरोनाबाट हालसम्मकै बढी २८ जनाको मृत्यु भएको थियो । प्रदेशमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ८९२ जना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप