बीएण्डसी मेडिकल कलेजको सिट संख्या तोक्न केयुको सिफारिस
काठमाडौं विश्वविद्यालय (केयु)ले झापास्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ ।
केयुका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले सिट संख्यासहित स्वीकृतीका लागि आयोगलाई २ जेठमा पत्राचार गरेको पत्रमा उल्लेख गरिएको छ ।
विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले कलेजको प्रारम्भिक निरिक्षण गरको र निरीक्षण प्रतिवेदनअनुसार बि एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति दिने र सिट संख्या सहित स्वीकृतिका लािग आयोगबाट आवश्यक निर्णय गरिदिन पत्रमा उल्लेख छ ।
केयुको ३१ बैशाख बसेको कार्यकारी परिषद्को ६२५ औं बैठकले सिट संख्याका लागि सम्बन्धन दिने र सिट संख्या निर्धारणका लागि आयोग पत्र पठाउने निर्णय गरेको पत्रमा भनिएको छ ।
यसअघि केयुको ८९ औं बैठकले बीएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै
-
काठमाडौँ–१६ मा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरूको तीव्र दौडधुप
-
उखुको समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि