शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीएण्डसी मेडिकल कलेजको सिट संख्या तोक्न केयुको सिफारिस

सोमबार, ०३ जेठ २०७८, १७ : ४६
सोमबार, ०३ जेठ २०७८

काठमाडौं विश्वविद्यालय (केयु)ले झापास्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ । 
केयुका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले सिट संख्यासहित स्वीकृतीका लागि आयोगलाई २ जेठमा पत्राचार गरेको पत्रमा उल्लेख गरिएको छ । 

विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले कलेजको प्रारम्भिक निरिक्षण गरको र निरीक्षण प्रतिवेदनअनुसार  बि एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति दिने र सिट संख्या सहित स्वीकृतिका लािग आयोगबाट आवश्यक निर्णय गरिदिन पत्रमा उल्लेख  छ । 

केयुको ३१ बैशाख बसेको कार्यकारी परिषद्को ६२५ औं बैठकले सिट संख्याका लागि सम्बन्धन दिने र सिट संख्या निर्धारणका लागि आयोग पत्र पठाउने निर्णय गरेको पत्रमा भनिएको छ ।
यसअघि केयुको ८९ औं बैठकले बीएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप