बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

डोटी अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

सोमबार, ०३ जेठ २०७८, १६ : ४७
सोमबार, ०३ जेठ २०७८

अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको खबर आएपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा नेपालगञ्जबाट पठाइएका २२ थान भरिएका अक्सिजन सिलिन्डर जिल्ला अस्पताल डोटीलाई आज हस्तान्तरण गरिएको छ । 

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएपछि मन्त्री आलेको पहलमा आफुहरुले नेपालगञ्ज गएर अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरेको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियानकर्मी यादव जोशीले बताए ।

जोशीका अनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि पहल गर्नु भएपछि भरिएका सिलिन्डरको रकम बोलन्याथलीले सङ्कलन गरेकामा रु १५ हजार बाहेकको आर्थिक सहयोगबाट तिरी उक्त सिलिन्डर डोटी पुर्याइएको हो । रु १५ हजार मन्त्री आलेले अक्सिजन भर्न दिएको जोशीले जानकारी दिए । अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएको जिल्लामा अक्सिजन सिलिन्डर आएपछि बिरामीका आफन्त निकै खुशी भएका छन् । 

जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका ठूला १७ तथा सानो पाँच गरी जम्मा २२ सिलिन्डर बोलन्याथलीका डोटी संयोजक जितबहादुर खड्काले आज हस्तान्तरण गरेका छन् । बोलन्याथलीले सुदूरपश्चिममा विकास निर्माणदेखि सामाजिक क्षेत्रका काममा अग्रसरता देखाउँदै वर्षौदेखि सहयोग गर्दै आएको छ ।

यसैगरी मन्त्री आलेको सहयोगमा ५० भरिएका अक्सिजन सिलिन्डर, ५० हजार मास्क डोटी जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० भरिएका अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप