मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

गुल्मी र रुपन्देहीमा ११ कोरोना संक्रमितको मृत्यु

सोमबार, ०३ जेठ २०७८, १६ : २६
सोमबार, ०३ जेठ २०७८

पछिल्लो १२ घण्टामा गुल्मी र रुपन्देहीमा ११  जनाको मृत्यु भएको छ ।  लुम्बिनी प्रादेशिक अस्पतालले सोमबार विहान जारी गरेको सूचनामा सोही अस्पतालमा ४ जनाको मृत्यु भएको छ । त्यस्तै गुल्मीमा पनि आज ७ जनाको मृत्यु भएको छ  ।

स्वास्थ्य कार्यालय गुल्मीले दिएको विवरणअनुसार पछिल्लो १२ घण्टामा मृत्यु हुने २८  वर्षदेखि ८० वर्ष उमेर सम्मका पुरुष हुन् ।  फोकल पर्सन गोपालबहादुर कार्कीका अनुसार जिल्लाको सत्यवती गाउँपालिका–५ का ६५ वर्षीय पुरुषको बुटवलको धागो कारखानाको आईसोलेशन अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै इस्मा गाउँपालिका ४ का ४५ बर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।  सोही गाउँपालिका ६ अमरपुरका २८ वर्षीय युवकको चितवन मेडिकल कलेजमा ज्यान गएको छ । उता, छत्रकोट गाउँपालिका ६ का ३७ वर्षीय युवकको गुल्मीकै श्रृङ्गा प्राथमिक उपचार केन्द्रमा ज्यान गएको छ । चन्द्रकोट ४ का ४८ वर्षीय पुरुषको शान्तिपुरकै स्वास्थ्य चौकीमा रहेको आइसोलेशनमा मृत्यु भएको छ ।

त्यस्तै गुल्मीदरबार ७ का ८० वर्षीय बृद्धको जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको छ ।  त्यस्तै तम्घासको रेसुङ्गा अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । डा. जीवन ठनेलकाअनुसार वैशाख ३० गतेदेखि अस्पतालमा उपचार गराइरहेका रुरुक्षेत्र गाउँपालिका २ का ७३ वर्षीय पुरुषको आइतबार दिउँसो २ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो ।  योसहित गुल्मीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।  सोमबार १०४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १२९० पुगेको छ ।

उता, लुम्बिनी प्रादेशिक अस्पतालले जारी गरेको सूचनाअनुसार रुपन्देहीको सैनामैना १ का ३८ वर्षीय पुरुषको बिहान ६.३० बजे मृत्यु भएको छ भने सिद्धार्थनगर नगरपालिका १३ का ६५ की वर्षीय महिलाको पनि ज्यान गएको छ ।
त्यस्तै सैनामैना १ की ७७ वर्षीय महिलाको पनि संक्रमणका कारण मृत्यु भएको छ भने बुटवल १३ का  ५६ वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप