ज्याकी श्रोफले भने – सलमान खानले मेरो कपडा र बुट सम्हाल्थे, बलिउडमा मैले नै दिएँ ब्रेक
बलिउड अभिनेता सलमान खानको फिल्म इन्डष्ट्रिमा केही निकै विशेष व्यक्तित्व छन् जसको साथ उनले कहिले पनि छोड्दैनन् । सलमानको यस्तै दोस्ती ज्याकी श्रोफसँग पनि छ । यो दोस्ती त्यतिबेला देखिको हो जब सलमान खान एक मोडल थिए र फिल्म इन्डष्ट्रिमा कदम जमाउनका लागि सह–निर्देशकको रुपमा काम गरिरहेका थिए । ज्याकीले त्यतिबेला बलिउडमा आफ्नो प्रभाव जमाउन सफल भइसकेका थिए । यहाँसम्म कि ज्याकीका अनुसार उनकै कारण सलमान खानले पहिलो ब्रेक पाएका थिए ।
ज्याकीका कपडा र बुट सम्हाल्थे सलमानः
ज्याकीको हालैको अन्तर्वार्तामा उनले आफ्नो र सलमानको सम्बन्धबारे भने, ‘म उनलाई एक मोडल र त्यसपछि एक सह निर्देशकको रुपमा चिन्दथेँ जसले फिल्म फलक (१९८८) को सुटिङका बेला मेरो कपडा र बुट सम्हाल्ने गर्दथे । उनले एक भाइले जस्तो मेरो ख्याल राख्थे ।’
सलमानको फोटो निर्मातालाई देखाउँथे ज्याकीः
ज्याकीले थपे, ‘जब उनी (सलमान खान) सह निर्देशकको रुपमा काम गरिरहेका थिए तब मैले उनको तस्बिर ती निर्मातालाई देखाउँथे जोसँग म काम गरिरहेको थिएँ । अन्ततः केसी बोकाडियाका भिनाजुले सलमानलाई बलिउडमा ब्रेक दिए । यद्यपि, सलमान खानले फिल्म ‘मेने प्यार किया’ बाट स्टारडम पाए तर मलाई लाग्छ कि इन्डष्ट्रिमा उनले मेरै कारणले ब्रेक पाएका थिए । यसरी नै हाम्रो दोस्ती भयो । हामी निकै क्लोज छौं र जतिबेला केही ठूलो आउँछ उसले सबैभन्दा पहिला मेरो बारे सोच्छन् ।’
राधेमा देखियो यी दुईको जोडीः
हालै सलमान खान र ज्याकी श्रोफ एक साथ फिल्म राधेः योर मोस्ट वान्टेड भाइमा देखिएका छन् । यो फिल्ममा ज्याकी श्रोफले सलमान खानको बसको भूमिका निभाएका छन् । यसअघि यी दुबैको जोडी फिल्म भारतमा देखिएको थियो । प्रभुदेवाको निर्देशनमा बनेको राधेमा सलमान र ज्याकीबाहेक दिशा पाटनी र रणदीप हुड्डा मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरुका लागि सरकारले जारी गर्यो तीन बुँदे ट्राभल एडभाइजरी
-
टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या
-
टिकटकलाई अझै केही समय अमेरिकामा सञ्चालन गर्न दिने ट्रम्पको संकेत
-
सरकारी डाक्टरलाई कडाइ : कार्यालयमा नबसे अब भोग्नुपर्छ कारबाही
-
भन्सालीको फिल्ममा ओरी
-
सभापति पोखरेलको जवाफ– म जुनसुकै परीक्षामा बस्न तयार छु