शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मेटलाइफले दियो कोभिड प्रभावित असहायका लागि ५० हजार अमेरिकी डलर अनुदान

सोमबार, ०३ जेठ २०७८, १३ : २६
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । मेटलाइफ फाउन्डेसनले अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ए.एन.एम.एफ.)लाई कोभिड–१९ को संकटबाट प्रभावित असहाय व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ । 

ए.एन.एम.एफ. सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु¥याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरूद्वारा स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो ।

सो अनुदानले ए.एन.एम.एफ.लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुने कम्पनीको विश्वास छ । 

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘आवश्यकताको यस घडिमा हामी सबै अहिलेको विश्वब्यापी महामारीबाट प्रभावित मानिसहरुको स्वास्थ्य र जनहितका लागि हरसम्भव प्रयासहरु गरिरहेका छौं । मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौँ र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेसनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोग समेत प्रदान गरिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप