बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

सोमबार, ०३ जेठ २०७८, १३ : ०४
सोमबार, ०३ जेठ २०७८

एजेन्सी । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ ।  उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । 

अफगानिस्तानमा तालिबानी लडाकुहरुले सडकको छेउमा लुकाइ छिपाइ बम राख्ने र यसको विस्फोट गराएर सर्वसाधारणको ज्यान लिने गरेका छन् । तर आज भने उनीहरुले बम राखेर भाग्दै गर्दा अकस्मात बम विस्फोट भएपछि बम राख्ने मध्येका तीन जनाको ज्यान गएको बताइएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप