शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३ जना मृत अवस्थामा फेला

सोमबार, ०३ जेठ २०७८, १२ : ५२
सोमबार, ०३ जेठ २०७८

विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका-३ जलजले बस्ने ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मिटर टाढा ज्ञान ज्योती प्राविको कम्पाउण्डभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी उदयपुरको कटारी नगरपालिका-२ गराँसस्थित कमला खोलाको किनारमा सिन्धुली दुधौली नगरपालिका-११ लबाहा बस्ने  ७० वर्षीय चतुरमान बस्याल मृत अवस्थामा फेला परेका छन् । 
काठमाडौंको महाराजगंजस्थित चुनदेवी जाने सडक छेउमा पनि खनाखत नभएका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप