७३ देशका सुन्दरीलाई पछि पार्दै मिस युनिभर्स बनिन् एन्ड्रिया
मेक्सिकोकी एन्ड्रिया मेजा मिस युनिभर्स २०२० बन्न सफल भएकी छिन् ।
अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
एन्ड्रियाले आफ्नो जीतसहित इतिहास रचेकी छिन् । उनी मिस युनिभर्सको ताज जित्न सफल तेस्रो मक्सिकन महिला बनेकी छिन् । ब्राजिलकी जुलिया गामा फर्स्ट रनरअप भएकी छिन् भने पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप बन्न सफल भएकी छिन् । मिस युनिभर्सको यो प्रतियोगितामा अन्सिका शर्माले पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतियोगिताका लागि अन्सिकाले अत्यन्तै मिहिनेत गरेतापनि उनले उत्कृष्ट २१ मा आफ्नो स्थान बनाउन सकिनन् ।
नयाँ मिस युनिभर्सबारे केही जानकारी लिऔंः
उनको जन्म चिहुवाहुवा शहरमा १३ अगस्ट सन् १९९४ मा भएको हो । एन्ड्रिया २६ वर्षकी हुन् । उनी अल्मा कारमोना र स्यान्टियागो मेजाकी जेठी छोरी हुन् । उनका अन्य दुई बहिनी छन् ।
मोडल हुनुका साथै एन्ड्रिया सफ्टवेयर इन्जिनियर हुन् । सन् २०१७ मा चिहुवाहुवाबाट नै उनी सफ्टवेयर इन्जिनियरको रुपमा ग्रेजुएट भइन् ।
एन्ड्रिया लैङ्गिक हिंसाको विषयमा निकै मुखर छिन् । उनले सन् २०२० मा मेक्सिकन युनिभर्सल २०२० को ताज जितेकी थिइन् । यसबाहेक उनी मिस मेक्सिको २०१७ समेत बनिन् ।
उनले सन् २०१७ को विश्व सुन्दरीमा शीर्ष तीनमा आफ्नो स्थान बनाएकी थिइन् ।
प्रतियोगिताको प्रश्नोत्तर राउन्डमा एन्ड्रियालाई सोधिएको थियो, ‘यदि तपाईं आफ्नो देशकी नेता हुनुहुन्थ्यो भने तपाईं कोभिड–१९ महामारीलाई कसरी नियन्त्रण गर्नुहुन्थ्यो ?’ यसको जवाफमा उनले भनेकी थिइन्, ‘मलाई लाग्छ, कोभिड–१९ जस्तो यो मुश्किल स्थितिसँग जुधुनका लागि कुनै सही तरिका छैन । यद्यपि, स्थिति भयावह हुनु अगावै मैले लकडाउन भने गर्थेँ होला किनभने हामीले धेरै ज्यान गुमाएका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन